लुम्बिनी जनरल इन्स्योरेन्सको १८ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर पारित

  २०७३ पुष १ गते १४:४१     विकासन्युज

काठमाडौं, १ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७२/०७३को नाफाबाट सेयरधनीलाई १८ दशमलब १८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न २८ औं वार्षिक साधरणसभाले सो मात्रामा बोनस दिने प्रस्तावलाई पारित गरेको छ ।

12th_agm_lumbini_general_in

उक्त बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३९ करोड रुपैयाँ पुग्ने छ । सभाले उक्त बोनस पश्चात कायम हुन आउने चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै, सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.