स्टान्डर्ड चार्टर्ड बैंकको ३३.३३ प्रतिशत बोनस र ३ अर्व ३० करोडको एफपीओ पास

  २०७३ पुष १ गते १२:१४     विकासन्युज

काठमाडौं, १ पुस । स्टान्डर्ड चार्टड बैंकले ३ अर्व ३० करोड बराबरको एफपीओ  निष्कासन गर्ने भएको छ । बैंकको विहीबार सम्पन्न ३० औ बार्षिक साधारणसभाले सो रकम बराबरको एफपीओ जारी गर्ने निर्णय गरेको हो । dsc_7804-1

बैंकले ८ अर्व चुक्ता पुँजी पुर्याउनका लागि प्रिमियम मूल्य एफपीओ जारी गर्ने निर्णय गरेको हो । सो साधारणसभाले एफपीओ जारी गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ ।

यस्तै साधारणसभाले गत आवको नाफाबाट ३३.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७५ प्रतिशत नगद लाभांस बाड्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस सेयर र एफिपिओपछि बैंकको पुँजी ८ अर्वभन्दा बढी हुने बताइएको छ । बैंकमा ७५ प्रतिशत सेयर स्ट्यान्डर्ड चार्टर्ड ग्रुपकाे र २५ प्रतिशत सर्वसाधारणको रहेको छ । एफपीओ जारी पछि साधारण सेयर स्वामित्व पनि बढ्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.