कञ्चन डेभलपमेन्टको नौ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन, पुस १८ देखि माग २३ सम्म आवेदन दिन पाइने

  २०७३ मंसिर ३० गते ९:१३     विकासन्युज

काठमाडौं ३०, मंसिर । कञ्चन डेभलपमेन्ट बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित नौ लाख ९० हजार कित्ता हकप्रद शेयरको निष्कासन गरेको छ । यो बैंकले २ कित्ता सेयर बराबर १ कित्ता सयेर दिने गरी अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।kanchan_dev_bank

१९ करोड ८० लाखको चुक्ता पूँजीमा नौ करोड ९० लाख रुपैयाँ थप गर्ने गरी बैंकले हकप्रद जारी गरेको हो । यो बैंकको हकप्रद सेयर खरिद गर्न आवेदन दिने सयम आगामी पुस १८ गतेबाट माग २३ गतेसम्म निर्धारण गरेको छ ।

मंसिर २९ गतेसम्म नेपाल स्टक एक्चेन्जमा अन्तिम कारोबार भएको सेयर धनीले पनि हकप्रद खरिद गर्ने सक्ने भएका छन् । कन्चनपुरमा केन्द्रीय कार्यालय रहेको यो बैंक नेपाल राष्ट्र बैंक ख वर्गको इजाजत प्राप्त बैंक हो ।

यो बैंकले सेयर निष्कासन बैंकको रूपमा माछापुच्छ्रे बैंक लिमिटेड बबरमहल, सिटिजन्स बैंक इन्टरनेशनल कमलादी र ग्लोबल आइएमई बैंक कमलादीलाई नियुक्त गरेको छ ।

यो बैंकको सेयर आवेदन दिन ग्लोवल आइएमई बैंक जमल यसका काठमाडौं बाहिरका सात शाखा तथा कन्चन डेभलपमेन्ट बैंकका सबै शाखाबाट दिन सकिने छ । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आईएमएई क्यापिटल लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.