महाकाली विकास बैंकले २ लाख कित्ता एफपिओको लागि माग्यो अनुमति

  २०७३ मंसिर २८ गते १६:०५     विकासन्युज

mahakali_bikas_bankकाठमाडौं, २८ मंसिर । महाकाली विकास बैंक लिमिटेडले २ लाख ३६ हजार ३ सय ६७ कित्ता एफपिओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले एफपिओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

महाकाली विकास बैंकले मंसिर २० गते बोर्डमा धितोपत्र निवेदन दिएर सिद्धार्थ क्यापिटल मार्फत सो मात्रामा एफपिओ जारी गर्न अनुमति मागेको हो । हाल बैंकको चुक्ता पुँजी १३ करोड १४ लाख रुपैंयाँ रहेको छ ।

बैंकले आफ्नो पुँजी वृद्धिको योजना अनुसार एफपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो । हाल बैंक सेयर मुल्य प्रतिकित्ता ३०४ रुपैंयामा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.