नेप्से परिसूचक २२ अंकले ओरालो, ४० करोडको सेयर कारोबार

  २०७३ मंसिर २६ गते १६:४३     विकासन्युज

share1काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) राताम्मे भएको छ । यसदिन नेप्से परिसूचक २१.८८ अंकले ओरालो लागेर १५२२.८० अंकमा अडिएको छ । आइतबार कारोबार खुलेदेखि नै बजार लगातार ओरालो लागेको थियो ।

आइतबार कारोबार रकममा भने निक्कै ओरालो लागेको छ । यसदिन ४० करोड रुपैयाँको मात्र कारोबार भयो । बिगतका दिनहरुमा बजारमा ठूलो गिरावट आएपनि यत्ति थोरै कारोबार भने कहिल्यै भएको थिएन । बजारमा खरिदकर्ताको चाप न्युन भएकोले कारोबारमा पनि गिरावट आएको सेयर बजार विष्लेष्क हरीवोल काफ्ले बताउछन् । कारोबार रकममा आएको गिरावटले बजार अझै ओरालो लाग्ने लक्षण देखिएको उनले बताए।

यसदिन उत्पादमूलक समूह बाहेक सबै सूचक ओरालो लागेको छ । सबैभन्दा धेरै विमा समूहको परिसुचक १४७.५ घटेको छ भने जलविद्युत उपसूचक ७३.६ अंकले घटेको छ । त्यस्तै, होटल ६९.१३ अंकले, विकास बैंक २४ अंकले, फाइनान्स ११.८४ अंकले र अन्य २.६१ अंकले ओरालो लागेको छ ।

आईतबार सेयर बजारमा १४१ कम्पनीका ६ लाख ९३ हजार कित्ता सेयर खरिद बिक्रि भए । सवैभन्दा बढी कारोबार एभरेष्ट बैंकको ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै बैंक अफ काठमाण्डौ लुम्बिनी र नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ ।
घटेको बजारमा १६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसदिन सबैभन्दा बढी गुमाउने कम्पनीमा अपि पावर, पोखरा फाईनान्स र अरुण फाईनान्स रहे भने सबैभन्दा बढी कमाउनेमा नमस्ते वित्तीय संस्थाका लगानिकर्ता रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.