एक कित्ता सेयर पनि कारोबार हुने, क्लीयरिङ बैंक थप्ने कार्य अगाडी बढेको नेप्सेको भनाई

  २०७३ मंसिर २६ गते ११:५३     विकासन्युज

काठमाडौं, २६ मंसिर ।  अवदेखि एक कित्ता सेयरको पनि कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १० कित्ता भन्दा कम सेयर किनवेच हुन सक्नेगरी एक महिनाभित्र व्यवस्था गर्न लागेको छ । सो व्यवस्था लागु भएपछि सर्वसाधरणहरुले एक कित्ता सेयर पनि किनवेच गर्न मिल्ने छ ।njjj
नेप्सेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी १० कित्ता भन्दा कम सेयर किनबेच हुन सक्ने गरी व्यवस्था मिलाउनको लागि सिस्टम निर्माता कम्पनीलाई निर्देशन दिइसकेको जनाएको छ ।
नेप्सेले सेयर कारोबार पश्चात राफराफ तथा फछ्यौटलाई थप चुस्त र दुरुस्त बनाउन क्यिरिङ बैंक थप्ने कार्य पनि अगाडी बढाएको जनाएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो सिस्टममा आवश्यक मोडिफिकेसनको कार्य पनि सम्पन्न गरीसकेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,—‘ नेप्सेले काम नगरेको भन्ने हल्ला बाहिर आएको छ त्यो असत्य हो, हामीले काम गरिरहेका छौ परिणाम आउन समय लागेको मात्र हो । ’नेप्सेले विज्ञप्तिमा भनेको छ, ‘धितोपत्रको दोस्रो बजार विस्तारका लागि नेपाल धितोपत्रबोर्डको निर्देशनमा पुँजी बजार सम्बद्ध सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी एक अध्ययन कार्यदल गठन भएको थियो ।

सो कार्यदलले सदस्य दलालतको संख्या थप गर्ने, बाणिज्य बैंकलाई धितोपत्र दलाल अनुमित प्रदान गर्ने, विद्यमान सदस्य दलालहरुको आरडव्लुएस विस्तार गर्नेबारेमा सुझावा पेस गर्नको लागि अध्ययन गरीरहेको छ ।’ कार्यदलको सुझाव आएपछि सम्पुर्ण कार्य अघि बढ्ने पनि नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.