प्रभु बैंकको गोठाटार शाखा सञ्चालनमा, मर्जरको क्रममा एकै स्थानमा दोहोरिका बैंकका स्थान्तरणा कार्य जारी

  २०७३ मंसिर २४ गते १६:४०     विकासन्युज

काठमाडौं, २४ मंसिर । बैंकले काठमाडौको गोठाटारमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

prabhu_gothatar_branch

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.