पश्चिमाञ्चल विकास मञ्चद्धारा विभिन्न व्यक्तिलाई सम्मान

  २०७३ मंसिर १५ गते १२:३६     विकासन्युज

काठमाडौं, १५ मंसिर । धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश कल्याण श्रेष्ठको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।
pashimanchal
देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवं सुरक्षा निकाय र व्यापार–व्यवसायमार्फत लामोसमयदेखि देशको सेवामा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ र अध्यक्ष ढकालले प्रमाण –पत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधान्याधीश श्रेष्ठले समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाइ एकै ठाउँमा जम्मा गर्न पश्चिमान्चलविकास मञ्च सफल भएको र यो पुँजीलाई राष्ट्र विकासको मूलधारमा लगाउन प्रेरणा मिलेको बताए । मञ्चका अध्यक्ष एवं आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी कोरिडोरलाई इण्डियाको नाका सुनौली र चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यवस्थित गर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गरे ।

सो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाण र मन्त्रीद्वय हितराम पाण्डे र शंकर भण्डारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । २०६२ मा स्थापना भएको पश्चिमाञ्चल विकास मञ्चमा अहिले आजीवन र साधारण गरी २३१ सदस्य आवद्ध भएको सो मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.