२०७३ मंसिर १३ गते ११:२७ विकासन्युज
काठमाडौं, १३ मंसिर । प्रभु बैंक लिमिटेडले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्काशन गर्ने भएको छ । मंसिर ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि चुक्ता पुँजी ८ अर्ब २३ करोड, ३९ लाख ६२ हजार रुपैयाँ हुनेछ ।
बैंकले उक्त निष्काशनसहितको प्रस्तावहरुमा छलफल गर्न १५औं वार्षिक साधारणसभा पुस ८ गतेलाई बोलाएको छ । साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा बोलाईएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.