जर्मनीले इरानलाई रेल बनाउन १.२७ बिलियन डलर ऋण दिने

  २०७३ मंसिर १३ गते १०:५८     विकासन्युज

rail_waysकाठमाडौं, १३ मंसिर । जर्मनीले इरानलाई रेल मार्ग निर्माणका लागि १ दशमलब २७ बिलियन डलर ऋण दिने निर्णय गरेको छ । जर्मनीको सरकारी ऋणदाता कम्पनी केएफडब्ल्यु इम्पेक्सले तहरानदेखि माशदसम्मको रेल निर्माणका लागि सो ऋण सहयोग उपलब्ध गराउन लागिएको हो । पछिल्लो समय इरानले पुर्वाधार विकासमा दशौं बिलियन डलर विदेशी सहायता तथा ऋण जुटाउने प्रयास गरिरहेको छ ।

ठुला युरोपियन बैंकले अमेरिकी नाका बन्दीका कारण इरानलाई ऋण दिन अस्विकार गर्दै आएका छन् । जर्मन इरान चेम्बर अफ कमर्शका अध्यक्ष माइकल टोक्कुसले ऋण सम्झौताका लागि सैद्धान्तिक सहमति भैसकेको र विस्तृत सम्झौता समेत अन्तिम चरणमा पुगिसकेको बताए । इराकी जनताको दैनिकीलाई सहज बनाउनका लागि अन्तराष्ट्रिय सम्झौता गरिएको हो । उनले इरानको अर्थमन्त्रालयको अकर्मन्यताका कारण ठुला बैंक इरानमा नबसेको आरोप पनि लगाए ।

इरान सरकारद्धारा सञ्चालित इस्लामिक न्युज एजेन्सीका अनुसार इरानको राजधानी तेहरानदेखि मशदसम्म रेलवे विस्तार तथा विद्युतिकरणका लागि सो रकमको प्रयोग गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.