लियागो स्टाईलिस फोन नेपाली बजारमा लञ्च हुँदै, मूल्य ५० हजार रुपैयाँ मात्र

  २०७३ मंसिर ९ गते १३:३२     विकासन्युज

काठमाडौं, ९ मंसिर । विश्व बजारमा उत्कृष्ट रहेको लियागो स्टाईलिस फोन अब नेपाली बजारमा उपलब्ध हुने भएका छन् । चाईनाको विश्वप्रख्यात लियागो ईन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाईलिस फोनका बिभिन्न चार सिरिजका ११ मोडलहरु जेएसएस ग्रुपले नेपाली बजारमा ल्याउन लागिएको छ ।

leeyagoo_mobile-1

यो मोबाइल अन्य मोवाईलको तुलनामा सस्तो र सुलभ दरमा नेपालमा बिक्रि हुने जेएसएस ग्रुपका प्रवन्ध निर्देशक मोहन वंशलले जानकारी दिएका छन् । उनले बजारमा आउन लागेका उक्त फोनहरु बिश्वका मलेसिया , बेलायत , क्यानडा लगाएत २० मुलुकमा बिक्रि वितरण हुदै गएको बताए ।

लियागो स्टाईलिस मोवाईल फोन ५० हजार रुपैयाँ सम्मका छन् । सबै मोवाइलहरु शुक्रबार काठमाडौंबाट सार्वजनिक हुने र आईतवारबाट सहज रुपमा नेपाली बजारमा उपलव्ध हुने वंशलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.