१० वर्षमा २ लाख अपराध, समाजलाई नकारात्मक असर पार्दै आपराधिक घटना बर्सेनि बढ्यो

  २०७३ मंसिर ५ गते ८:१७     विकासन्युज

काठमाडौं ५, मंसिर । आपराधिक घटना बर्सेनि बढ्दो देखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०६३्६४ देखि १० वर्षको अवधिमा सामाजिक संगठित तथा आर्थिक अपराधसम्बन्धी घटनाको अनुपात बर्सेनि बढेको हो ।jel-_1

प्रहरीका अनुसार उक्त अवधिमा दर्ता भएको करिब २ लाख १७ हजार मुद्दामा डेढ लाखभन्दा बढी व्यक्ति कारबाहीको दायरमा आएका छन् ।

अपराधमा संलग्न ८० प्रतिशतभन्दा बढी अभियुक्त कारबाहीको दायरामा आएको प्रहरीले जनाएको छ ।

उपत्यका, पूर्व र मध्य क्षेत्रअन्तर्गतका जिल्ला अपराधजन्य गतिविधी बढी हुने स्थानमा देखिएका छन् । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.