प्रभु बैंकले लुम्बिनीमा शाखा खोल्यो, मन्त्री बालकृष्ण खाँडद्धारा उद्घाटन

  २०७३ मंसिर ३ गते १८:१८     विकासन्युज

काठमाडौं, ३ मंसिर । प्रभु बैंकले रुपन्देही जिल्लाको लुम्बिनीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । मन्त्री बालकृष्ण खाँडले एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।
prabhu_lumbani
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये भैरहवा शाखा (साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई लुम्बिनीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.