काठमाडौदेखि पोखरासम्मको लायन्स मोटर र्यालीमा होमकान्त चौलागाईँ प्रथम

  २०७३ मंसिर ३ गते १७:४४     विकासन्युज

पोखरा, ३ मंसिर । काठमाडौदेखि पोखरासम्म आयोजना गरिएको लायन्स मोटर र्यालीमा होमकान्त चौलागाईँले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रमोद फुँयालले दोस्रो र शिवराम लम्सालले तेस्रो स्थान हासिल गरेका छन् ।
liance_raly
विजेताहरुलाई लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए१ का डिष्ट्रिक्ट गभर्नर कुमारराज सुवेदी, लायन्स क्लब अफ काठमाडौं राइजिङ सनका अध्यक्ष तथा ¥याली संयोजक मधुसूदन सिग्देल, नासा कास्कीका सचिव प्रवेश पौडेल तथा नासाका प्रतिनिधि सन्तोष न्यौपाने लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

विजेताहरुलाई आगामी फेब्रुअरीमा आयोजना हुने बंगलादेश, भुटान, भारत, नेपाल (बीबीआईएन) मोटर ¥यालीमा सहभागिताका लागि आवश्यक व्यवस्थापन गरिने आयोजकले बताएका छन् । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए१ ले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को प्राविधिक सहयोगमा उक्त ¥याली आयोजना गरेको हो ।

र्यालीको सम्पूर्ण व्यवस्थापन लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ए १ मा आवद्ध लायन्स क्लब अफ काठमाडौं राइजिङ सनले गरेको हो । मोटर र्यालीलीबाट लायन्स सदस्यहरु पनि रोड सेफ्टी र ड्राइभ टुरिजम्को क्षेत्रमा सहभागी हुने र आगामी दिनमा यो क्षेत्रमा थप कार्य गर्न सकिने लायन्स क्लब अफ काठमाडौं राइजिङ सनका अध्यक्ष तथा ¥याली संयोजक मधुसूदन सिग्देलले बताएका छन् । उक्त र्यालीलाई गल्फ लुब्रिकेन्ट्सले मूख्य रुपमा प्रायोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.