यती डेभलपमेन्ट बैंकले लघु बित्त कर्जा लिनेकाे बीमा गर्ने, नेशनल लाईफ इन्स्योरेन्ससँग सम्झौता

  २०७३ मंसिर २ गते ९:१२     विकासन्युज

yatiकाठमाडौं, २ मंसिर । यती डेभलपमेण्ट बैंकले बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई “लघु अमृत जीवन बीमा” गरीदिन नेशनल लाईफ इन्स्योरेससँग सहकार्य गर्ने सम्झोतो गरेको छ ।

उक्त योजना अन्तर्गत ऋणीहरुलाई ५ हजार देखि ७ लाख रुपैयाँ सम्मको जोखिम बहन गर्नकोे लागि बीमा सेवा उपलब्ध गराईने छ । यदी कथंकदाचीत ऋणीको मृत्यु भएमा पुरा बिमाङ्क रकम ऋणीको हकवालाले प्राप्त गर्न सक्ने छन् ।

साथै मृतकको दाह संस्कार बापत बीमाङ्क रकमको १० प्रतिशत वा रु २५ हजार मध्ये जुन कम हुन्छ सो रकम बीमीतलाई भुक्तानी गरिने छ । दुर्घटनाको कारण स्थायी रुपमा पूर्ण अपाङ्गता भएमा अवस्था हेरी ५० प्रतिशत् देखि शत्प्रतिशतसम्म क्षति पुर्ति रकम बीमितलाई भुक्तान गरीने छ । बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने ऋणीहरु प्रत्यक्ष रुपमा “लघु अमृत जीवन बीमा” योजनाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.