मेरी स्टोप्स् नेपालद्वारा मेरी स्टोप्स् इन्टरनेशनलसंगको साझेदारीको ४०औं वार्षिकोत्सव मनाइँदै

  २०७३ मंसिर २ गते ९:०३     विकासन्युज

meryकाठमाण्डौ, २ मंसिर । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले मेरी स्टोप्स् इन्टरनेशनलसँगको साझेदारीको ४०औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । उक्त उत्सवहरु संस्थाको सबै सेवा प्रदायक च्यानलहरुमा हुनेछ र अन्तिम दिन मंसिर ३ गते काठमाडौं स्थित मुख्य कार्यालयमा गर्ने उक्त संस्थाले जनाएको छ ।

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल, १९७६ मा स्थापित विश्वभरका यौन तथा प्रजनन स्वास्थ्य संस्थाहरुको ग्लोबल पार्टनरशिप मेरी स्टोप्स् इन्टरनेशनलसँग सम्बद्ध छ । उक्त संस्थाको अनुसार स्थापनाको ४० वर्षमा मेरी स्टोप्स् इन्टरनेशनल लण्डनको एउटा सानो एकल परिवार नियोजन क्लिनिकबाट बढेर एउटा ग्लोबल पार्टनरशिपमा परिणत भएको छ र ३७ वटा भन्दा बढी देशहरुमा करोडौं महिलाहरुलाई गर्भनिरोेधक तथा सुरक्षित गर्भपतनको सेवाहरु दिन सक्षम भएको छ । गत वर्ष, विश्वभर २ करोड १० लाख महिलाहरुले मेरी स्टोप्स् इन्टरनेशनलद्वारा उपलब्ध गर्भनिरोधक सेवाहरु प्रयोग गर्दै आएका छन् ।

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल १९९४ मा स्थापित भएको थियो । विगत ६ वर्षमा करिब ७७१,९७३ अनेच्क्षित गर्भहरु तथा करीब ५२६,४५९ असुरक्षित गर्भपतनहरु हुनबाट जोगाएको उक्त संस्थाको दावी छ ।

मेरी स्टोप्स् नेपालका कन्ट्री डाइरेक्टर शोफी होडरका भन्छन्–‘‘मेरी स्टोप्स् इन्टरनेशनलको “सन्तान करले होइन, रहरले” भन्ने लक्ष्य प्राप्तिमा काम गर्दै आएको छ र आफ्नो भूमिकाप्रति गर्व गर्दछौं । हाम्रो पार्टनरशिप विश्वभरीका महिला तथा परिवारहरुले सन्तान पाउने कि नपाउने छान्ने अधिकार पूरा गर्न स्थापित भएको हो र हामी यस अधिकारलाई नेपालीहरु माझ यथार्थ बनाउन प्रतिबद्ध छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.