सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रबन्धकमा अजेश कोइराला नियुक्त

  २०७३ मंसिर १ गते १९:३५     विकासन्युज

ajesh_koiralaकाठमाडौं, १ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रवन्धकमा अजेश कोइराला नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकमा रेमिटान्स प्रमुख भई यो क्षेत्रको अनुभव लिएका कोइराला केही समय अघिदेखि अमेरिकामा बस्दै आएका थिए ।

त्यसैगरी, कम्पनीले कान्तिपुर समूहको ब्राण्ड म्यानेजरको रुपमा काम गर्दै आएका सन्देश कटुवाललाई ब्राण्ड प्रमुख र एभरेष्ट बैंकमा काम गर्दै अाएका रवि शाक्यलाई आइटी प्रमुख नियुक्त गरेको कम्पनी स्राेतले बतायाे । सन् २००६ देखि विप्रेषण सेवाकाे काम गर्दै आएको सिटी एक्सप्रेसले पछिल्लो समयमा कारोबार विस्तार गर्दै लगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.