६ महिना भित्र ११४५० युवालाई रोजगारी उद्योग मन्त्रालयको तयारी

  २०७३ कार्तिक ३० गते ११:४८     विकासन्युज

rojgariकाठमाडौं, ३० कात्तिक । उद्योग मन्त्रालयले ११४५० युवालाई रोजगारी दिने कार्ययोजना तयार पारेको छ । मन्त्रालयले ३ हजार भूकम्प पीडितलाई समेट्ने गरि ११४५० जनालाई रोजगारी दिने कार्ययोजना अघि सारेको हो । उद्योग मन्त्री नविन्द्रराज जोशीले ६ महिनाभित्रै सो मात्रामा युवाहरुलाई रोजगारी दिने गरि कार्यक्रम तयार भैरहेको बताए ।

उनका अनुसार सुरुमा ४५ दिने तालिम सञ्चालन गरिनेछ भने त्यसपछि अर्काे ४५ दिने दोश्रो चरणको तालिम सञ्चालन गरिनेछ । सो तालिममा सहभागीहरुले सहज रुपमा रोजगारी प्राप्त गर्न सक्नेछन् भने स्वरोजगार बन्न पनि सक्नेछन् । ‘हाम्रो तालिममा सहभागीहरुले सहजै रोजगारी पनि प्राप्त गर्नेछन र स्वरोजगार बन्न पनि सक्नेछन’, मन्त्री जोशीले भने । मन्त्रालयले रोजगार बन्ने भन्दा पनि तालिमपछि स्वरोजगार बनेर अन्यलाई समेत रोजगारी दिन सक्ने गरि उद्यमी तयार पार्ने योजना अघि सारेको पनि उनले बताए ।

अघिकतम ९० दिनको तालिमका सहभागीहरुलाई भएर तयार पारिएको जनशक्तिका लागि रोजगारीको कुनै पनि अभाव नहुने दावी उनले गरे ।‘तालिम लिएपछि कोहि पनि बेरोजगार बस्नु पर्दैन, जागिर पनि पाइन्छ र आफैं रोजगारदाता पनि बन्न सकिन्छ’,मन्त्री जोशीले भने ।
तालिममा सहभागीहरुलाई रोजगार दिन सम्बन्धित क्षेत्रका उद्योगी व्यवसायी तयार रहेको पनि उनले दावी गरे । तालिम लिएका अधिकांश युवा विदेशीने गरेको विगत सुनाउँदै मन्त्री जोशीले नेपालमै रहने वातावरण समेत सरकारले बनाउने बताए ।

यी हुन रोजगारी पाइने क्षेत्र
मेटल फेब्रिकेशन, नुडल्स, फर्निचर, उनी तथा फेल्ट, नेपाली गलैँचा, प्राकृतिक रेसा तथा हाते कागज, बेमौसमी तरकारी, पुष्प व्यवसाय, कपाल काट्ने, बेकरी तथा दुध प्रसोशन, अल्लो, मिथिला आर्ट, मोबाइल मर्मत, मौरी पालन, ढाकाको कपडा र थाङका लगायतका क्षेत्रको तालिम दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.