पाँच करोड भन्दा बढी रकम अपचलन गरेको आरोपमा पश्चिमाञ्चल फाइनान्सको शाखा प्रबन्धक पक्राउ

  २०७३ कार्तिक २८ गते २०:५४     विकासन्युज

काठमाडौं ।  पाँच करोड ३३ लाख ९१ हजार रुपैयाँ अपचलन गरेको आरोपमा पश्चिमाञ्चल फाइनान्सका तत्कालिन बेनी शाखा प्रबन्धक गणेश प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेलले आफ्नो पदको दुरुपयोग गरी संस्थालाई नोक्सानी पुर्याएको भन्दै नेपाल प्रहरी अन्तर्गतको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले उनलाई पक्राउ गरेको हो ।pakrau-630x407

प्रहरीका अनुसार पौडेलले गरिमा विकाम बैंकमा रहेको फाइनान्सको एक करोड ३८ लाख ५० हजार रुपैयाँको चेक साटेर आफैले भोगचलन गरेका थिए । त्यस्तै पौडेलले संस्थाको खाता रहेको अर्कौ बैंक ग्रीन डेभलपमेण्ट बैंकमा जम्मा गर्न भनी संस्थाको भल्टबाट पटक—पटक गरी दुई करोड ५३ लाख झिकेका थिए । तर सो रकम पनि ग्रीन डेभलपमेन्ट बैंकमा जम्मा नगरी आफैले प्रयोग गरेका थिए ।

त्यस्तैगरी उनले संस्थामा रहेका विभिन्न ग्राहकका मुद्दती खाताहरुबाट कीर्ते दस्तखत गरी  एक करोड पाँच लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखाई स्वयंले रकम उपभोग गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै उनले शाखा प्रमुखको हैसियतमा संस्थाबाट विभिन्न ७ जना ऋणीहरुलाई लगानी गरेको ३७ लाख ४१ हजार ऋण चुक्ता हुनुअगावै धितो फुकुवा गरेर संस्थालाई जोखिममा पारेको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार पौडेलमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.