जिविसको लापरबाहीले किसानका खेत सुके, दुई हजार हेक्टर जमिन बाँझो हुँदै

  २०७३ कार्तिक २७ गते ७:४३     विकासन्युज

काठमाडौं २७, कात्तिक । जिल्ला विकास समिति झापाले जथाभावी खोला उत्खनन गर्न अनुमति दिएका कारण अबको पाँच वर्षमा सिँचाई सुविधा पुगेका झापाका करिब दुई हजार हेक्टर जमिन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन्। krishi _a

उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने बिरिङ खोलामा जथाभावी उत्खनन भइरहेकाले बुधबारेकै धान फल्ने जग्गा बाँझो हुने बताएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा छलफल कार्यक्रम आयोजना गरेर उनले यस्तो चेतावनी दिएका हुन् । विरिङ खोलाबाट खेतमा सिँचाइ पुर्याउन आधा दर्जन योजना सञ्चालित छन् । केही योजना आउने क्रममा रहेको उनले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.