चिनीया पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटालाई न्यून गर्न राजदुत पौड्यालको आग्रह

  २०७३ कार्तिक २३ गते १८:०८     विकासन्युज

नेपाल उद्योग परिसंघमा कात्तिक २३ गते मंगलबार भारत र चीनका लागि नवनियुक्त राजदुत क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालसँग शिष्टाचार भेटवार्ता एवं छलफल भयो । सो भेटवार्ता मुलुकको दीगो आर्थिक विकासका लागि उदयमान छिमेकीहरु चीन र भारतसँग व्यवस्थित ढंगले आर्थिक कूटनीति सञ्चालन गर्ने विषयमा केन्द्रीत थियो ।

cni
करीव एक घण्टा भएको सो भेटवार्तामा नवनियुक्त राजदूतहरुले आफ्नो क्षमताले भ्याएसम्म मुलुकको विकासका लागि कूटनीतिक तवरबाट आफूहरु कक्रिय रहने अठोट व्यक्त गरेका थिए । ‘म सरकारको नुन तेल खाएर निजी क्षेत्रको काम र उद्यम व्यवसाय विस्तारमा सहयोग गर्ने कार्यादेश लिएर जान लागेकाले तपाईहरुले आफ्नो व्यवसायिक प्रतिनिधि सरह काम लगाउन सक्नु हुन्छ,’ पौड्यालले भने । अहिले संसारमा सबैभन्दा सस्तो पूँजी र उन्नत प्रविधि चिनमा भएकाले त्यसबाट नेपाली व्यवसायीले पनि आपसी साझेदारीमार्फत लाभ लिनु पर्ने उनको भनाई थियो ।

व्यवसायीहरुले आफ्नो नाफा घाटा र बजारका आधारमा मात्रै अवसर र चुनौतीको विश्लेषण गरेर उचित निर्णय लिने भएकाले आफु र देशलाई नाफा हुने विषयमा सधै राजदुतावास, सरकारी अधिकारी वा नेतालाई सचेत गराई रहनु पर्ने भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायको भनाई थियो । ‘आफ्नो व्यवसाय विस्तार क्षेत्रमा व्यवसायी आफै अग्रसर लाग्नु पर्छ,’ उपाध्यायले भने, ‘हामीले त समन्वयकर्ताको भुमिका मात्र निर्वाह गर्ने हो ।’

सो अवसरमा नवनियुक्त राजदूत लीलामणि पोड्याल र दिप कुमार उपाध्यायलाई परिसंघका अध्यक्ष हरिभक्त शर्मा तथा अध्यक्ष एमिरेटस विनोद चौधरीलगायतका पदाधिकारी तथा सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । उक्त अवसरमा परिसंघका गभर्निङ काउन्सिल, पादधिकारी तथा राष्ट्रिय परिषदका सदस्य र परिसंघ आवद्ध उद्यमीहरु प्नि सहभागिता रहेको थियो ।

भेटवार्ताको अवसरमा अध्यक्ष हरिभक्त शर्माले भारतसँगको व्यापार घाटा कम गर्न, भारततर्फ भइरहेको निकासी वृद्धि गर्न र भारतीय उद्यमीहरुबाट नेपालमा पनि लगानी विस्तार गर्ने योजनाबद्ध ढंगले काम थाल्नु पर्ने कुरामा जोड दिनु भयो । पछिल्लो समय कोलकाता बन्दरगाहबाट नेपाली आयातकर्ताको सामान छुटाउन बढी समय लाग्ने गरेकाले यसबाट नेपाली उद्योगमा परेको प्रतिकुल प्रभावप्रति परिसंघबाट नवनियुक्त राजदुत उपाध्यायको ध्यानाकर्षण गराइएको थियो । सयौंको संख्यामा कन्टेनर रोकिदा नेपाली उद्यमीको अनुत्पादक खर्च बढ्ने, औद्योगिक उत्पादनको लागत बढ्ने र नेपालीउद्योगको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने निश्चित भइकाले कोलकाता बन्दरगाहबाट छिटोछरितो नेपाली मालसमानको क्लियरेन्स गराउने र विशाखापटनम् बन्दरगाहको व्यवहारिक ढंगले प्रयोग गर्ने सन्दर्भमा भारतका लागि नेपाली राजदुतले पहल गर्न पर्नेमा अध्यक्ष शर्माले जोड दिए ।

अध्यक्ष शर्माले चिनीया लगानीकर्तालाई नेपालमा आकर्षित गर्न, चिनीया पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटालाई न्यून गर्न दुतावासको तर्फबाट थप प्रयास गर्न नवनियुक्त राजदुत पौड्याललाई आग्रह गरेका छन् । सोही अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले भारत र चिनसँगको सन्तुलित र दिगो आर्थिक संवन्ध बिना नेपालले अपेक्षित गतिमा आर्थिक उन्नती हाँसिल गर्न नसक्ने भन्दै एकलाई अर्कोको विकल्पका रुपमा नहेरी विगतमा चीन र भारतसँग भएका संधी सम्झौताको सफल कार्यान्वयन गर्न राजदुतहरुबाट ठोस पहल हुने अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.