चीनद्वारा नौ देशका लागि राजदूत नियुक्त, नेपालका लागि यु होङ नियुक्त

  २०७३ कार्तिक २३ गते १२:१६     विकासन्युज

nepali_rajdhut_u_hongचीन, २२ कात्तिक । चीनले नेपाललगायत विभिन्न नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ । चिनियाँ नेसनल पिपुल्स कँग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले नियुक्त गरेकाचीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चीनले नेपालका लागि वु चुन्ताइको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएइको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई पठाएइको छ ।

यसैगरी नाइजरका लागि झाङ लिजुन, सियरालिअनका लागि वु पेङ, संयुक्त अरब इमिरेट्सका लागि नि जियान, मेसेडोनियाका लागि यिन लिसियान, फिनल्यान्डका लागि चेन ली, क्युबाका लागि चेन सी र डोमिनिकाका लागि लु कुनलाई नियुक्त गरिएको जनाइएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.