बैंकमा ऋण दिने पैसा छैन, वैकिङ प्रणालीको अवस्था खुम्चदा बैंकहरु थप ऋण दिन नसक्ने अवस्थामा

<p>काठमाडौं २२, कात्तिक । वैकिङ प्रणालीको अवस्था खुम्चँदै गएपछि बैंकहरुमा थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकरहरुका अनुसार अहिलो बैंकहरुसँग कर्जा प्रवाह गर्नका लागि पर्याप्त पैसा छैन । बैंकहहरुसँग अहिले सर्वसाधरणलाई दिनको लागि थप रकमसमेत नरहेको उनीहरुको भनाइ रहेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिकको पहिलो सातासम्ममा १८ खर्ब २८ अर्ब [&hellip;]</p>

काठमाडौं २२, कात्तिक । वैकिङ प्रणालीको अवस्था खुम्चँदै गएपछि बैंकहरुमा थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।nepali - rupes

बैंकरहरुका अनुसार अहिलो बैंकहरुसँग कर्जा प्रवाह गर्नका लागि पर्याप्त पैसा छैन । बैंकहहरुसँग अहिले सर्वसाधरणलाई दिनको लागि थप रकमसमेत नरहेको उनीहरुको भनाइ रहेको छ ।

नेपाल बैंकर्स संघका अनुसार कात्तिकको पहिलो सातासम्ममा १८ खर्ब २८ अर्ब विदेशी मुद्रासहित निक्षेप पुगेको छ भने सो अवधिमा कर्जा प्रवाह १४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

जसमा विदेशी मुद्रामा रहेको निक्षेप एक खर्ब १३ अर्ब रुपैयाँ थियो भने सो अवधिमा बैंकहरुको पूँजी एक खर्ब २३ अर्ब छ । कारोबार दैनिकबाट ।

Share News