पूर्व प्रधानमन्त्री देउवालार्इ जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको उपाधि

  २०७३ कार्तिक २१ गते १९:४७     विकासन्युज

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको उपाधि पाएका छन् । विश्वविद्यालयका उपकूलपति प्रा. जगदेश कुमारले एक कार्यक्रमका बीच मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेका हुन् ।

dr_deuba

यो उपाधिबाट पाउने सभापति देउवा पहिलो नेपाली हुन् । यो भन्दा अगाडिका वर्षहरुमा यो उपाधिबाट नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ्साङ सुकी र भारतका पूर्व राष्ट्रपति डा. ऐ.पि.जे. अब्दुल कलामले पाएका थिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले प्रदान गरेको यो उच्च सम्मानप्रति नेपाली कांग्रेस हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

गत साता मात्र नेपाल भ्रमणमा आएका भारतीय राष्टपति प्रणम मुखर्जीलाई काठमाडौ विश्वविद्यालयले मानार्थ विद्यावारिधी दिएको थियो । यस्तो सम्मानले दुई देशबीचको सम्बन्ध सुधारमा सहयोग गर्ने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.