भारतको रोजगारीमा बेवास्ता, ११० मुलुकमा रोजगारी खुलेपनि धेरै नेपाली पुग्छन भारत

  २०७३ कार्तिक १९ गते ७:३९     विकासन्युज

काठमाडौं १९, कात्तिक । भारत र नेपालबीचको सम्बन्ध छिमेकी राष्ट्रमा मात्रै सीमित छैन, रोटीबेटीको साइनोले झन प्रगाढ बनाएको छ । हुन पनि नेपाली र भारतीय नागरिक रोजगारीको शिलशिलामा एक अर्काका देशमा पुग्नु कुनै नौलो होइन ।

भारतबाट पनि काम खोज्दै नेपाल आउनेको सङ्ख्या कमी छैन । अर्को कुरा कुटुमेली साइनो, धर्म, संस्कारले पनि भारत र नेपालबीचको सम्बन्धलाई अझै नजिकाएको छ । भारत एक त छिमेकी मुलुक अर्को खुला सिमानाका कारण नेपाली र भारतीय नागरिकलाई काम खोज्दै एक अर्काका देश आतेजाते गर्न सजिलो पनि छ ।Baidesik-Rojgari-Manpawar

पूर्वको काकडभिट्टादेखि पश्चिमको कञ्चनपुरसम्मका २२ वटा नाकाबाट दिनहुँ हजारौँ नेपाली काम खोज्दै भारतको विभिन्न सहरमा पुग्छन् । कोही मौसम अनुसार सानोतिनो रकम कमाएर फर्किन्छन् पनि । रोजगारी खोज्दै भारत जाने चलन धेरै पुरानो हो ।

पछिल्लो समयमा सरकारले खाडी मुलुकहरू, मलेसियालगायत ११० वटा मुलुकमा रोजगारीका लागि खुला गरेको छ । खुला गरिएका देशको रोजगारी धेरै युवालाई भारतको रोजगारीको विकल्प भएको छ । तर सुदूरपश्चिम र मध्यपश्चिम नेपालका नागरिकलाई खाडी मुलुकको रोजगारीभन्दा भारतकै रोजगारी काम लागेको छ ।

यस क्षेत्रमा प्रत्येक घरबाट कम्तीमा एकजना रोजगारीका लागि भारत गएको भेटिन्छन तर यति ठूलो सङ्ख्या रोजगारीका लागि पुगेका देशमा नागरिकको सुरक्षाका लागि कुनै निकाय नै छैन । त्यसो त भारतबाट पनि थुप्रै नेपाली रोजगारीका लागि नेपाल आएका छन तर उनीहरूको सुरक्षाका लागि भारतले पनि कुनै नीति बनाएको देखिँदैन ।

मलेसिया, खाडीलगायतका ११० मुलुकमा पुगेकालाई सुरक्षित गर्न र उनीहरूको रोजगारीलाई व्यवस्थित र मर्यादित गराउन श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको गठन गरिएको छ तर सुदूरपश्चिम र मध्यपश्चिमबाट रोजगारीका लागि भारतमा यति नै नेपाली गएका छन् । तिनीहरूका सुरक्षाका लागि कुनै नीति नै छैन । गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.