२०७३ कार्तिक १३ गते १०:३९ विकासन्युज
काठमाडौं, १३ कात्तिक । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २२ करोड ५० लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधीमा जम्मा १२ करोड ४८ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने १० कराेडले बढाएर साढे २२ कराेड नाफा कमाउन सफल भएको हो ।
बैंकले पहिलो तीन महिनामा ३९ अर्ब ६० करोड निक्षेप संकलन गरेर ३४ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । ४ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड रुपैंयाँ रहेको छ । नेपाल बैंगलादेश बैंकको प्रति सेयर आम्दानी २२ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १५६ रुपैंयाँ रहेको छ । बैंकको सेयर ९०५ रुपैंयाँमा कारोबार भैरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.