२०७३ कार्तिक ११ गते ११:३३ विकासन्युज
काठमाडौं, ११ कात्तिक । स्याङजाको चापाकोट नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा स्थापना भएको छ । सो शाखाको कात्तिक ८ गते कृषि विकास बैंककका संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । सो शाखाबाट कृषि विकास बैंकका सबै सेवा सुबिधा लिन सकिने प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले जानकारी दिए ।
बैंकका अध्यक्ष प्रमोद कुमार कार्कीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा अघि बढेको बताएक थिए ।
उदघाटन कार्यक्रममा कृषि विकास बैंक मुख्य कार्यालय काठमाडौंका विभागीय प्रमुख निर्मल प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत कार्यालयका शाखा प्रमुख हिम लाल पौडेल, क्षेत्रीय कार्यालय पोखराका शाखा प्रमुख रुद्र कुमार श्रेष्ठ, स्थानिय राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.