२०७३ कार्तिक १० गते १५:५३ विकासन्युज
काठमाडौं, १० कात्तिक । कृषि विकास बैंक लि.को नयाँ शाखा स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिकामा संचालन भएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष प्रमोदकुमार कार्की एवं प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले संयुक्त रुपमा गरेका हुन् ।
सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका कार्यकारी अधिकृतले बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका छन् । सो अवसरमा उनले बैंकले प्रदान गर्ने सेवासुविधा तथा बैंकको एचयमगअतको बारेमा जानकारी गराउंदै स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने बताए ।
त्यस्तै गरी बैंकका अध्यक्ष कार्कीले बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने बताएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.