२०७३ कार्तिक १० गते १५:२८ विकासन्युज
काठमाडौं, १० कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको महोत्तरी जिल्ला बर्दिवास नगरपालिका २ स्थित बर्दिवास शाखा स्थानान्तरण भई उक्त शाखा महोत्तरी जिल्लाकै बर्दिवास नगरपालिका १ मा रहेको भवनबाट संचालन गरिएको छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरि नयाँ भवनबाट सो शाखाको आरम्भ गरेका छौं । यस बर्दिवास शाखा लगायत जनकपुर शाखा, गौशाला शाखा तथा चरिकोट शाखा गरि बैंकको जनकपुर अंचलमा कुल चारवटा शाखाहरु संचालित छन् ।
बैंकको आफ्नो कुल ५८ वटा शाखा, ५१ वटा ए.टि.एम. काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट १४ अंचलका करिब ४ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को आश्विन मसान्तसम्म खुद मनाफा रु. ३४ करोड ५ लाख आर्जन गर्न सफल भएको छ भने निक्षेप तर्फ करिव रु. ५० अर्ब र कर्जा प्रवाह तर्फ करिव रु. ४४ अर्ब परिचालन भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.