त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक निर्माण ठप्प, सडक निर्माण रोक्न मन्त्रीसमेत लागे

  २०७३ कार्तिक १० गते ७:३७     विकासन्युज

काठमाडौं १०, कात्तिक । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष लिइएको त्रिपुरेश्वर(कलंकी(नागढुंगा सडक आधा समय वित्दा जम्मा २० प्रतिशत काम मात्र भएको छ। पछिल्लो समय स्थानीयको अवरोधका कारण काम नै ठप्प भएको छ।

kalanlki-road

अवरोध यथावत रहे निर्धारित समयभित्र निर्माण नसकिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएकोसमाचार बुधबारको नयाँ पत्रिकाले छापेको छ।

आयोजनाका अनुसार त्रिपुरेश्वर कलंकी नागढुंगा सडकखण्डको निर्माण कार्यमा कालिमाटी, सतुंगल र बलम्भुनजिकको ढुंगे अड्डामा अवरोध छ ।

स्थानीयले तत्काल निर्माण रोक्न सर्वोच्चबाट स्टे अडर ल्याएर निर्माण रोकाएका हुन् । जम्मा १२ किलोमिटर सडक निर्माण अगाडि बढिरहेको भएपनि यसको अवरोध भने तीन ठाउँमा रहेको छ ।

सडक निर्माण रोक्न मन्त्रीसमेत लागे

कार्यकारी पदमा आसीन मन्त्रीसमेत बाधक बनेका छन् । असोज ८ मा कालिमाटी क्षेत्रमा सडक मिचेर घर भत्काउन पुगेका कर्मचारी र सुरक्षाकर्मीलाई उद्योगमन्त्री नवीन्द्रराज जोशीले धम्काएर फिर्ता गराए।
डोजर लिएर संरचना भत्काउन टोली खटिएपछि मन्त्री जोशीले महानगरीय प्रहरी प्रभाग कालिमाटीका प्रमुख डिएसपी नवराज अधिकारीलाई मोबाइल फने गरेर तत्काल र्फकन निर्देशन दिएका थिए । मन्त्रीकै दबाब आएपछि डोजर लिएर घर भत्काउन पुगेको टोली खुरुक्क फर्किए।
उपसचिव नवराज सापकोटाले भने, ‘कालिमाटीमा मिचिएका संरचना भत्काउन टोली पुग्यो । तर, उद्योगमन्त्रीले टेलिफने गरेर भत्काउने कार्य तुरुन्त रोक्ने आदेश दिए । मन्त्रीलेनै आदेश दिएपछि हाम्रो केही चलेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.