२०७३ कार्तिक ९ गते १७:०६ विकासन्युज
काठमाडौं, ९ कात्तिक । आइसिएफसी फाइनान्सको अध्यक्षमा सुरेशकुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको १९६औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।
साथै, उक्त बैठकले कम्पनीको विज्ञ सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले श्रेष्ठलाई पनि आगामी चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।
कात्तिक ८ गतेको नियुक्त पाएका दुबै जना अग्रवाल र श्रेष्ठले कम्पनीको कार्यभार सम्हाल्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.