दोहोरो सुविधा लिएर ठगी गर्ने उद्योगका पूर्व कर्मचारी पक्राउ

  २०७३ कार्तिक ९ गते १४:४५     विकासन्युज

उदयपु, ९ कात्तिक । उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् ।

डेढ वर्षअघि नै सो उद्योगबाट रु १२ लाख उपदान लिएर अवकाश लिएका त्रियुगा नगरपालिका–११ जलजले बस्ने ६१ वर्षीय शमशेरबहादुर तामाङले उद्योग प्रशासनलाई झुक्याएर नागरिक हितकोषबाट पुनः रु १२ लाख लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले तामाङलाई पक्राउ गरेर ठगीसम्मन्धी दर्ता गरेको छ । सो उद्योगका प्रवन्धक सुरेन्द्र पौडेल भन्छन् – “आफू नै प्रवन्धक भएको बेला यो कार्य यस्तो कार्य भएकामा छानबिन भइरहेको छ ।” तामाङले अवकाशसँगै आफूले पाउन पर्ने सेवा सुविधा सबै लिएर पनि फेरि पाएको छैन भनेर पुनः १२ लाख रुपैयाँ लिएर ठगी गर्नुको पछाडि उद्योगकै कर्मचारीको मिलेमतो हुनसक्ने अन्य कर्मचारीको धारणा छ ।

तामाङकी श्रीमती राजकुमारी तामाङले आफूले रु १२ लाख फर्काउन तयार भएपनि प्रहरीले जबर्जस्ती कारबाही अगाडि बढाएको बताइन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.