सडकको गुणस्तरबारे अनुसन्धान गर्न सतर्कता केन्द्रलाई निर्देशन

<p>काठमाडौं, ९ कात्तिक । व्यवस्थापिका संसदको विकास समितिले सडक पुर्वाधारको गुणस्तरबारे अनुसन्धान गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सडकको गुणस्तर अभिवृद्धिका लागि सतर्कता केन्द्रले प्रभावकारी काम नगरेको निष्कर्ष समेत निकालेको छ–सडक लगायत भौतिक पूर्वाधारको क्षेत्रमा भएका अनियमितताहरु सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले आजसम्म परिणाममुखी काम गर्न सकेको देखिंदैन ।’ विकास [&hellip;]</p>

road_constructकाठमाडौं, ९ कात्तिक । व्यवस्थापिका संसदको विकास समितिले सडक पुर्वाधारको गुणस्तरबारे अनुसन्धान गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सडकको गुणस्तर अभिवृद्धिका लागि सतर्कता केन्द्रले प्रभावकारी काम नगरेको निष्कर्ष समेत निकालेको छ–सडक लगायत भौतिक पूर्वाधारको क्षेत्रमा भएका अनियमितताहरु सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले आजसम्म परिणाममुखी काम गर्न सकेको देखिंदैन ।’ विकास समितिले भनेको छ ।

‘कमी कमजोरीलाई सुधार गर्न योगदान दिन सक्ने राष्ट्रिय सतर्कता केन्द्रको सक्रियता आवश्यक देखिन्छ । तसर्थ समिति भौतिक पूर्वाधारको क्षेत्रमा कृयाशील हुन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देश गर्दछ ।’ समितिको निर्देशनमा भनिएको छ । सतर्कता केन्द्रले सडक गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी भूमिका नखेलेको भन्दै सांसदहरुले आलोचना समेत गरेका थिए । केन्द्रका सचिव रामानन्द प्रसाद यादवले केन्द्रले यसै बर्षभित्र अन्तराष्ट्रियस्तरको प्राबिधीक केन्द्र(ल्याब) सञ्चालनमा ल्याएर गुणस्तर चेकजाँच गर्ने बताए । उनले केहि सडकहरुको गुणस्तर अध्ययन गरेर प्रधानमन्त्री कार्यालयमा पठाईसकेको समेत जानकारी गराएका थिए ।

समिति बैठकले राजधानीमा अत्याधिक सवारी साधनको चाप हुने क्षेत्रहरुमा फ्लाईओभर निर्माणको कामलाई पनि तदाकरुकताका साथ अघि बढाउन निर्देशन दिएको छ । समितिले सडक विभागका लागि आवश्यक पर्ने प्राबिधिक जनशक्ति ६ महिनाभित्र करार वा स्थायी नियुक्तीको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । सडक निर्माणका क्रममा प्रयोग हुने बिटुमिनको गुणस्तर मापदण्ड तयार गर्न र सो अनुसार मात्रै आयातको व्यवस्था गर्न पनि समितिले भनेको छ ।

Share News