भैरहवामा इमर्जेन्सी अवतरण गर्न सकिने, अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तयार

  २०७३ कार्तिक ९ गते ८:३३     विकासन्युज

काठमाडौं ९, कात्तिक । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो अर्वन रनवे तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । माटो कम्प्रेसनु गरी बनाइने सबग्रेड लेबलु तयार भइसकेको हो ।
विमानस्थलमा सबैभन्दा महत्त्वपूर्ण रनवे निर्माण मानिन्छ । रनवेको सबग्रेड तयार भइसक्यो । माटोको काम लगभग सकिएको छु, आयोजना प्रमुख ओम शर्माले भने, अब प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिनेछ ।

भैरहवामा निर्माण भइरहेको अन्तर्राष्टिय विमानस्थलको स्केच

भैरहवामा निर्माण भइरहेको अन्तर्राष्टिय विमानस्थलको स्केच

अहिले प्रि बेसको काम भइरहेको उनले बताए । यो चरणमा रिभर बेल्ट मेटेरियल्स (गिट्टी र बालुवा)बाट दुई फिट रनवे माथि उठाइन्छ ।

रनवे बनेपछि विमानस्थलको झन्डै आधा काम सकिन्छ । सबैभन्दा बढी समय रनवे बनाउन लाग्ने शर्मा बताउँछन् ।

जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुनेछ । हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३र३ सय मिटर लामो सेफ्टी एरिया बनाइएको छ ।

शर्माका अनुसार अहिलेसम्म विमानस्थको २५ प्रतिशत काम सकिएको छ । जमिनमुनिको अप्ठ्यारो काम लगभग सम्पन्न भएको छ । जमिनभन्दा माथिको काम तुलनात्मक रूपमा सजिलो हुने भएकाले छिटो अगाडि बढ्ने उनले बताए । ुबर्सात् र दसैंतिहारले काममा अवरोध भएको छु, उनले भने, ुतिहारलगत्तै कामले तीव्रता पाउनेछ ।

रनवेको बीचमा घाँघरा नदी पथ्र्यो । नदीलाई पश्चिमतर्फबाट साढे दुई किलोमिटर घुमाएर डाइभर्सनु गरिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणकार्य जारी छ ।

टर्मिनल भवनको बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी शर्माले दिए । अहिले जमिनमाथि पिलर उठाउने काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनलमा अराइभल र डिपार्चर भवन छुट्टाछुट्टै हुनेछन् । अराइभल भवनको अन्डरग्राउन्डमा एरोनिकल र मेकानिकल कक्ष हुनेछ ।

कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणकार्य पनि जारी छ । यो भवनको पनि जमिन तलको काम सकिएको शर्माले बताए । रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ । अन्नपूर्ण पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.