संकटमा सेमेस्टर प्रणाली, शिक्षक १४ जना विद्यार्थी शून्य

  २०७३ कार्तिक ९ गते ७:४९     विकासन्युज

काठमाडौं ९, कात्तिक । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)भूगोल केन्द्रीय विभागमा १४ शिक्षक छन्। उनीहरूले पढाउने विद्यार्थी एक जना पनि छैनन्। घट्दै गएर विद्यार्थी भर्ना नै हुन छाडेपछि शिक्षकहरूको जागिर धरापमा परेको छ।

यसअघि भर्ना भएका ६ जना विद्यार्थी परीक्षा दिएर थेसिस बुझाउने क्रममा छन्। नयाँ सत्रमा विद्यार्थी भर्ना हुन आउनेरनआउने कुनै टुंगो छैन। त्रिविले ती शिक्षकलाई कुनै शोध(अनुसन्धान र काममा खटाउन सकेको छैन।iom-office-tu

इतिहास सबैको चासोको विषय हो। तर त्रिवि केन्द्रीय विभागमा यतिखेर इतिहास पढ्ने विद्यार्थी २ जना मात्र छन्। विभाग प्रमुख प्रा.शंकर थापा भने इतिहासको महत्वलाई कम आँकलन गर्नु र विषयलाई काम नलाग्ने ठान्नु भूल हुन बताउँछन्। ‘इतिहास विषयमा विद्यार्थी विमुख बनाउने हामी होइनौ। राजनीतिक हस्तक्षेपको परिणाम हो यो,’ उनले भने।

त्रिवि अन्तर्गत मानविकि संकायका अधिकांश विषयमा विद्यार्थी संख्या अत्यान्त कम हुनुको मुख्य कारण ती विषय प्रत्यक्ष रोजगारीसँग नजोडिनुलाई मानिएको छ। त्रिविले वार्षिक परीक्षा प्रणालीको सट्टा सेमेष्टर लागू गर्दै गएपछि यस्तो अवस्था देखिएको हो। कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.