उपत्यकामा रगतको अभाव, रगत सङ्कलन कार्यक्रम नहुँदा समस्या

  २०७३ कार्तिक ८ गते ७:०८     विकासन्युज

काठमाडौं ८, कात्तिक । केही दिनदेखि काठमाडौँ उपत्यकामा ताजा रगतको अभाव भएकाले बिरामी र उनीहरूका आफन्त समस्यामा परेका छन् । दसैँदेखि उपत्यकामा रगत सङ्कलन कार्यक्रम नभएकाले अभाव भएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।blod-2

केन्द्रका उपनिर्देशक प्रकाश यादवका अनुसार सोमबारदेखि अझै अभाव हुने सम्भावना छ । शनिबार ५० युनिटका लागि रक्तदान कार्यक्रम आयोजना गरे पनि १०/१२ युनिट मात्र सङ्कलन भएको छ । हाल दैनिक साढे ३५० युनिट रगतको माग छ तर सङ्कलन भने त्यो अनुरूप नभएको केन्द्रको भनाइ छ ।

उपनिर्देशक यादवका अनुसार दसैँको फूलपातीसम्म एक हजार २०० युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेकोमा अहिले १०/१२ युनिट पनि सङ्कलन भएको छैन । रगतको अभाव हुन थालेकाले रक्तदाता स्वयंसेवक र आयोजकलाई रक्तदान गर्न केन्द्रले आग्रह गरेको छ ।

स्वयंसेवक रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाले भने यस्ता कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाई प्रोत्साहन गर्नुका साटो बेवास्ता गर्ने गरेकाले यो समयमा बर्सेनि रगत अभाव हुने गरेको जनाएका छन् । गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.