२०७३ कार्तिक ७ गते १७:१९ विकासन्युज
काठमाडौं, ७ कात्तिक । लक्ष्मी बैंक लिमिटेडको बिशेष साधारण सभाले प्रोफेसनल दियालो विकास बैंक लिमिटेडलाई अक्वायर गर्ने निर्णय पारित गरेको छ ।साधारण सभाले स्वाप रेसिया १ः०५ कायम गर्दै प्रोफेसनल दियालो विकास बैंक अक्वायर गर्ने निर्णय गरेको हो ।
साथै बिशेष साधारण सभाले प्रोफेसनललाई अक्वायर गरेपछि कायम हुने पूँजीको शतप्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब रुपैंयाँ रहेको छ । लक्ष्मीले गत आवमा ६७ करोड नाफा कमाएको थियो ।
उता, प्रोफेसनल दियालोको चुक्ता पूँजी २४ करोड छ र यसले गत आवमा ३ करोड नाफा कमाएको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.