२०७३ कार्तिक ५ गते १४:४८ विकासन्युज
काठमाडौं, ५ कात्तिक । सनराइज बैंक लिमिटेड र जे.एम.ई रेमिट कम्पनी प्रा.लि. बीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता बैंकको प्रधान कार्यालय गैह्रिधारामा सम्पन्न भएको हो ।
सम्झौतामा सनराइज बैंकको तर्फबाट नायव महाप्रवन्धक रविन नेपाल र जे.एम.ई रेमिटको तर्फबाट कम्पनीका अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जापानको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले सनराइज बैंकको ६७ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.