२०७३ कार्तिक ५ गते ११:२९ विकासन्युज
काठमाडौं ५, कात्तिक । अफगानस्थाको राजधानी काबुलामा चार महिना अगाडि १३ जना नेपाली कामदार तालिवानीको आत्मघाती बम आक्रमणमा मारिपछि बन्द भएको गन्तव्य पुनः खुला हुने भएको छ ।
सरकारले सोही आक्रमणपछि अफगानमा नेपाली कामदार जान रोक लगाएको भएपनि पुनः कामदार पठाउने विषयमा गृहकार्य भइरहेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले बताए ।
उनका अनुसार सरकारले कामदारलाई काम गर्ने अनुमति पुनः दिने तयारी गरिहेकोे छ ।
सरकारका अनुसार सुरक्षित हुन सक्ने ग्रीन साइटमा काम गर्न वर्क परमिट दिने विषयमा आवश्यक गृहकार्य भइरहेको छ । समाचार स्रोतः द हिमालय टाइम्स ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.