२०७३ कार्तिक ५ गते ११:२० विकासन्युज
काठमाडौं, ५ कात्तिक । नबिल बैंकमा ११० जनाका लागि जागिर खुलेको छ । बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै मेनेजमेन्ट ट्रेनी १० जना र एसिसटेन्ट ट्रेनी एक सय जनाका लागि दरखास्त आव्हान गरेको हो । उनीहरुको उमेतर २८ बर्ष ननाघेको हुनुपर्नेछ ।
अर्थ, बाणिज्य, लेखा लगायतका बिषयमा स्नातकोत्तर उतिर्णहरुले मेनेजमेन्ट ट्रेनीमा आवेदन दिन सक्नेछन् भने न्युनतम दोश्रो श्रेणीमा स्नातक तह उतिर्ण गरेकाहरुले एसिसटेन्ट ट्रेनीका लागि आवेदन दिन सक्नेछन् । ४ नोभेम्बरसम्म २५ बर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् ।
नबिल बैंकले कम्पनीको नियमानुसार सेवा सुबिधा उपलब्ध गराउने बताएको छ । अन्य बैंकको तुलनामा नबिल बैंकको सेवा सुबिधालाई राम्रो मानिन्छ । पछिल्लो समय खुलेका बैंकका तल्लो तहका कर्मचारीहरुको आकर्षण नबिल, स्ट्याण्डर्ड चाटर्ड बैंक लगायत हुने गरेका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.