ग्लोबल आईएमईको आईएमई आंकाक्षा छात्रवृत्ति, १ देखि ११ कक्षासम्म अध्ययनरतले आवेदन दिन सक्ने

  २०७३ कार्तिक ३ गते १२:५३     विकासन्युज

काठमाडौं, ३ कात्तिक । आईएमई तथा ग्लोबल आईएमई बैंकद्धारा हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई आंकाक्षा छात्रवृत्ति’ ल्याईएको हो । यसको मुख्य उदेश्य आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विधार्थीहरुको शैक्षिक आंकाक्षालाई आर्थिक सहयोग पुर्याउनु हो । सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत छात्र/छात्राहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।
ime_aakanshya_scholarship
छात्रवृत्ति कोषको स्थापनाः–

प्रति वर्ष १० लाख रुपैयाँको कोष स्थापना हुनेछ । यो कोषबाट हिसान तथा प्याब्सनसँग सम्बन्धित शैक्षिक संस्थाका अतिरिक्त अन्य सरकारी तथा सामुदायिक विधालयमा अध्यनरत विधार्थीहरुको शैक्षिक आंकाक्षालाई परिपूर्ति गर्न वार्षिक एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । हिसान तथा प्याब्सनले यो कोषमा २५ प्रतिशतसम्म थप गरि आफु सम्बद्ध विधालयमा अध्ययनरत विधार्थीको शुल्क मिनाहा एवम् छुट प्रदान गर्न सक्नेछन् ।

प्रक्रियाः–

१) देशको जुनसुकै स्थानमा अध्ययनरत कक्षा १ देखि ११ कक्षासम्मका छात्र/छात्राहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

२) आवेदन दिने म्याद कात्तिक ३ देखि कात्तिक ३०, २०७३ सम्म हुनेछ । विस्तृत जानकारीका लागि संचारका माध्यममार्फत् सम्प्रेषित सूचना, हाम्रा आधिकारिक वेब पेज एवम् फारम उपलब्ध हुने स्थानमा सम्पर्क गर्न सकिनेछ ।

३) ईच्छुक विधार्थीले आईएमई सेन्टर, आईएमई एजेन्ट आउटलेट एवम् ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुमा उपलब्ध फारम भरि यही कार्र्तिक ३० गतेभित्र बुझाईसक्नु पर्नेछ ।

४) फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट एवम् ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुमार्फत् भर्न सकिनेछ । आवेदन दर्ता गर्दा सम्बन्धित विधालयका प्रधानाध्यापकको सिफारिश सहित दुुई वर्ष अघिका शैक्षिक प्रमाण–पत्र पेश गर्नुपर्नेछ ।

५) यसरी प्राप्त हुन आउने आवेदनमा छात्रवृत्ति छनोट उप–समितिले निर्धारित मापदण्ड अनुरुप छात्रवृत्तिका लागि योग्यहरुको सूची प्रकाशित गर्नेछ । उक्त समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

६) छनोटमा परेका विधार्थी र निजका अभिभावक र समितिवीचमा सम्झौता हुनेछ । त्यही सम्झौताको अधिनमा रहेर छात्रबृत्ति प्राप्त विधार्थीको शैक्षिक उपलब्धि वर्षमा दुई पटक परिक्षण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.