१० कक्षाको परीक्षा पनिकाले लिने, यसै वर्षदेखि कार्यान्वयन गरिदै

  २०७३ कार्तिक ३ गते ८:०९     विकासन्युज

काठमाडौं ३, कात्तिक । १० कक्षाको अन्त्यमा लिइने परीक्षा यसवर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनको लागि आवश्यक तयारी सुरु गरेको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा दिने बताइएको थियो ।

तर बोर्डको केन्द्रीय संरचनाले पूर्णता नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन सकेको छैन ।

यस वर्ष कक्षा दशको परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पनिकालाई दिइएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएको समाचार बुधबारको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.