चार वटा सरकारी कार्यालयमा ८३ जनालाई जागिर खुल्यो, प्लस टु देखि स्नातकोत्तर उतिर्णलाई अवसर

  २०७३ असोज ३० गते १३:२२     विकासन्युज

jobकाठमाडौं, ३० असोज । बिभिन्न ४ वटा सरकारी कार्यालयहरुले ८३ जनाका लागि जागिर खुलाएका छन् । नेपाल बायु सेवा निगम, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, घरेलु तथा साना उद्योग विकास समिति र निक्षेप तथा कर्जा सुरक्षण कोषले ८३ जनाका लागि दरखास्त आव्हान गरेका हुन् ।

प्लस टु उतिर्णदेखि स्नातकोत्तर उतिर्णले आवेदन दिन सक्नेछन् । नेपाल बायु सेवा निगमले खुल्ला तथा आरक्षण कोटामा ५३ जनाका लागि आवेदन मागेको छ । खुल्ला तथा आरक्षण कोटामा १५ जना प्रशासन समुहका अधिकृत, ६ जना लेखा समुहका अधिकृत, १२ जना बरिष्ठ सहायक, २ जना लेखा सहायक, १७ जना र देखा सहायकमा १ जनाका लागि जागिर खुलाएको हो ।

त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषले १३ जनाका लागि जागिर खुलाएको छ । प्लस टु उतिर्णदेखि स्नातकोत्तर उतिर्णहरुले खुल्ला तथा आरक्षित कोटामा आवेदन दिन सक्नेछन् । यसले कम्प्युटर अपरेटर समेत मागेको छ ।

घरेलु तथा साना उद्योग विकास समितिले निर्देशक देखि लेखपालका लागि १० जनाको आवेदन मागेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले पनि चार जना अधिकृतसहित ८ जना कर्मचारी मागेको छ । खुला तथा समावेशी दुबै समुहले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.