अमेरिकामा भन्दा चीनमा बढी अर्वपति, चीनमा ५ सय ९४ र अमेरिकामा ५ सय ३५ जना अर्बपति

  २०७३ असोज २८ गते ९:३१     विकासन्युज

काठमाडौं २८, असोज । अमेरिकाको तुलनामा चीनमा अर्बपतिहरू बढेका छन् । धनाढ्यहरूबारे जारी वार्षिक सूचीले चीनमा अर्बपतिहरू बढेको देखाएको हो ।

चीनको संघाईस्थित ‘हरून’ रिपोर्टमा अमेरिकी अखबार फोब्र्सको सूचीसँग तुलना गर्दै चिनियाँ अर्बपतिहरूका नाम सार्वजनिक गरिएको छ । हरूनका अनुसार चीनमा ५ सय ९४ र अमेरिकामा ५ सय ३५ जना अर्बपति छन् ।

प्रोपर्टी म्याग्नेट वाङ जिआनलियन सूचीमा सबैभन्दा माथि छन् । त्यसपछि अलिबाबाका ज्याक मा दोस्रो अर्बपति हुन् । बीबीसीका अनुसार चीनमा धनाढ्यहरूको मिल्दोजुल्दो सूची जारी गर्ने हरून रिपोर्टलाई विश्वसनीय नै मानिन्छ ।chines-billaners

हरूनले विगत १८ वर्षदेखि चिनियाँ अर्बपतिहरूको सूची जारी गर्दै आएको छ । यसै वर्षको सुरुमा उसले एउटा छुट्टै विश्वव्यापी सूची जारी गर्दै पहिलो पटक अमेरिकाको तुलनामा चीनमा अर्बपतिहरूको संख्या बढेको जनाएको थियो । तर, उसको उक्त ग्लोबल रिपोर्टमा विश्वका सर्वाधिक धनाढ्यहरूको ‘टप २०’ मा कुनै पनि चिनियाँ परेका थिएनन् ।

चीनको सर्वाधिक धनाढ्यहरूको सूचीमा पहिलो नम्बरमा परेका वाङ जिआनलिनको व्यक्तिगत कुल सम्पत्ति ३२ दशमलव १ अर्ब अमेरिकी डलर छ । उनको कम्पनी ‘डालियन वान्दा’ अमेरिकी चलचित्र बजारमा वर्षभरि नै चर्चामा रहिसकेको छ ।

यसैगरी, अलिबाबाका ज्याक मा आफ्नो कुल सम्पत्ति ३० दशमलव ६ अर्ब अमेरिकी डलरका साथ दोस्रो र इन्टरनेटरअनलाइन गेमिङका सञ्चालक पोनी मा कुल सम्पत्ति २४ दशमलव ६ अर्ब अमेरिकी डलरका साथ तेस्रो धनाढ्य रहेको रिपोर्टमा छ ।

रियल स्टेट कम्पनी ‘बाओनेङ ग्रुप’ का याओ झेन्गुआको सम्पत्ति यो वर्ष अप्रत्याशित रूपमा वृद्धि हुँदै १७ दशमलव २ अर्ब अमेरिकी डलरका साथ चौथो स्थानमा पर्‍यो । चीनका अधिकांश अर्बपति बेइजिङ, त्यसपछि क्रमशः शेन्झेन, संघाई र हङझाउमा बसोबास गर्ने गरेको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.