आकाशमार्गबाट दसैं मनाउन जानेलाई टिकट छैन, आउनेलाई फालाफाल

  २०७३ असोज २५ गते १७:१०     विकासन्युज

काठामाडौं ः  नियमित उडानका अन्तरिक वायुसेवालाई दसैंमा भ्याइनभ्याइ भएको छ । आकासमार्गको प्रयोग गरेर दसैै मनाउने जानेका एक दुई महिना अगाडि देखि टिकट नपाएको चिन्ता छ । काठमाडौंबाट बाहिर जाने सुगम (शहरी क्षेत्रका) विमानस्थलमा जाने यात्रुले टिकट नपाएर हैरान भएका छन् भने काठमाडौं फर्कदा भने वायुसेवाको टिकट फालाफला रहेको छ ।

nac_1काठमाडौंबाट दसैंभर बाहिर जाने यात्रुले आकस्मिक टिकट पाएका छैनन् तर दसैंबाट फर्कनले लागि भने हजाज खाली भयो भनेर ६ हजारको टिकन १५ सयमै दिनुपरेको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार एयरले असोज १५ देखि २४ सम्म काठमाडौंबाट जाने टिकट पाइदैन भने आउनेका लागि भने जहाज खाली हुने भएकोले छुट दिइएको छ । काठमाडौं आउँदा दसैंभरको समयका लागि १५ सय देखि २५ सयसम्ममा नै सेवा दिएको उनको भनाइ छ ।

उनका अनुसार विराटनगर, भद्रपुर, जनकपुर, नेपालगञ्ज, भरतपुरसहितका गन्तव्यबाट काठमाडौं आउँदा विशेष छुटमा हवाई भाडादर निर्धारण भएको पनि आन्तरिक वायुसेवा कम्पनीले बताएका छन् । यी गन्तव्यका हवाइ भाडादार अन्य दिन भन्दा ७५ प्रतिशतसम्म छुट दिएको पनि जोशीले बताए ।

नारायणगढ—मुग्लिन सडकखण्डमा भइरहेको बाटो निर्माणका कारण पनि भैरहवा र भरतपुर जाने यात्रुको चाप निकै बढेको बुद्ध एयरकै अपरेशन म्यानेजर सुवर्ण खरेलले बताए । उनका अनुसार भरतपुरको लागि दसैंभरका लागि दैनिक ८ वटासम्म उडान राखिएको छ । यो गन्तव्यमा अन्य समय २ देखि ३ वटा मात्रै हुने गरेको थियो । दसैं सुर हुन थालेको र नारायणगढ—मुग्लिनसडक खण्ड अवरोध भएपछि भने यो गन्तव्यमा उडान ४ वटा भएको थियो । दसैैंका लागि भने यो गन्तव्यमा अधिक उडान गर्ने प्रयास भएको उनले बताए ।

बुद्ध एयरले मात्रै दैनिक ४० वटा उडान गर्ने गरेको छ । यतिले पनि ३० भन्दा बढी, सिम्रिकले दैनिक २० वटासम्म उडान गर्ने गरेको भएपनि दसैंमा घर जाने यात्रुका कारण एकतर्फि मात्रै चाप बढेकोले खर्कदा भने खाली हुने गरेको छ ।

यात्रु चाप बढेकाले कुनै यात्रुले आकस्मिक टिकट लिनुपर्दा उपलब्ध गराउन सक्ने अवस्था नरहेको बुद्ध एयरका अपरेसन म्यानेजर खरेलले बताए । उनका अनुसार बुद्ध एयरले दैनिक ४० वटा उडान विभिन्न गन्तव्य गर्दा पनि यात्रुलाई टिकट दिन सकेको छैन । यात्रु चाप बढी हुने गन्तव्यमा अतिरिक्त उडान थप गर्दा पनि टिकट नपाइने समस्या बढेको उनले बताए ।

आन्तरिक वायुसेवा कम्पनीले बुद्ध, यती, तारा, वायुसेवा निगम, सिम्रिक एयरको उडान सञ्चालन भए पनि दसैंका कारण सबै गन्तव्यमा उडान चाप रहेको उल्लेख छ । दसैंको मुखैमा सौर्य एयरलाइन्स विग्रिएका कारण उनका दैनिक ५ देखि ६ वटा उनकाका २५० देखि ३ सय यात्रुका पनि चाप अन्य वायुसेवामा थप भएको उल्लेख छ ।

वायुसेवा संचालक संघले भने बुद्ध, यति, सिम्रिक र सौर्य एयरबाट काठामाडौंबाट जादाँ नर्मल भादादर र काठमाडौं भित्रदाको छुटसहित भाडादर तोकेको छ । यो भाडादर अधिकांका वायुसेवाले दसैं अवधिभरका लागि भनेर सार्वजनिक गरेका छन् ।

दसैंभर काठमाडौं आउने आन्तरिक वायुसेवाको भाडा
गन्तव्य काठमाडौंबाट          जाँदा             फर्कदा
विराटनगर—काठमाडौं          ५९४०            २०००
भद्रपुर—काठमाडौं                ७२५०            ३२००
जनकपुर—काठमाडौं            ३५२०             २०००
नेपालगञ्ज—काठमाडौं           ७८१०             ३७००
तथ्यांक स्रोत वायुसेवा संचालक संघ, नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.