अपरमादीले कात्तिकदेखि जलविद्युत उत्पादन थाल्ने, ५ अर्ब लगानीमा २५ मेघावाट क्षमताको जलविद्युत गृह निर्माण

  २०७३ असोज २२ गते १५:३६     विकासन्युज

mewaa_khola_hydropowerपोखरा, २२ असोज । कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ ।

मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम सकिएकाले परीक्षण उत्पादनको अन्तिम तयारीमा लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।

आयोजनाको चार हजार २०० मिटर सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि सकिएकोे छ । विद्युत् लाइनलाई लेखनाथ नगरपालिकास्थित सवस्टेसनसम्म जोड्नका लागि ३२ वटा विद्युत् टावर निर्माण गरिसकिएको र त्यसमा तार तान्ने काम पनि सम्पन्न भएको छ ।

टावरमुनि पर्ने जङ्गलमा रहेका रुख काट्न वन तथा भू–संरक्षण विभागबाट स्वीकृत आइसकेको र कात्तिक १५ गतेसम्म ती रुख पनि काटिसक्ने बताइएको छ ।

आयोजनाले परीक्षण उत्पादन गरेपछि त्यसमा केही कमी कमजोरी भए एक महिनाभित्र सुधार गर्ने र मङ्सिर महिनाको अन्तिमतिरबाट नियमित उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने को–अर्डिनेटर बरालले बताए ।

करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, विनोशकारी भूकम्प र सुरुङ खन्ने क्रममा पहिरो गएकाले लागत बढेर रु आठ अर्ब पुग्न गएको बताइएको छ ।

कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा विसं २०६९ को पुस महिनाबाट आयोजना सुरु गरिएको थियो ।

आयोजना सुरु भएको ३० महिनामा सक्ने लक्ष्य राखिए पनि विविध कारणले ४८ महिनामा आयोजना सकिन लागेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.