एक एनआरएनले ३ जना पर्यटक पठाउने प्रतिवद्धता, सन् २०१७ सम्ममा १६ लाख पर्यटक नेपाल पठाउने अभियान सुरु

  २०७३ असोज २१ गते ७:२३     विकासन्युज

काठमाडौं २१, असोज । सन् २०१७ को अन्त्यसम्मका नेपालमा १६ लाख पर्यटक पठाउने र यसका लागि नेपाल भ्रमणको अभियान सुरु गर्ने गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले बताए ।

नेपालमा विदेशी पर्यटक बढाउन संघले आफ्ना सदस्यमार्फत हरेक देशका एनआरएन एक जनाले ३ जना विदेशी पर्यटक नेपाल पठाउने प्रतिवद्धता पनि भट्टले व्यक्त गरे ।tourism-day

 

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हरेक वर्ष नेपालमा विदेशी पर्यटकको घुम्ने संस्कृति बढ्दै गएको बताए । उनका अनुसार नेपालमा धेरै मात्रामा फूर्सदको समयमा घुम्ने मात्र नभएर मेडिकल, मनोरञ्जन, धार्मिकसहितका पर्यटकको पनि आकर्षण बढ्न थालेको पनि उनको बुझाई छ ।

संघले पर्यटन प्रवद्र्धनमा एनआरएनएको भूमिका प्रभावकारी बनाउन चाहेको जानकारी दिएको छ । एनआरएनले ६ महिना अगाडिदेखि बोर्डसँगको सहकार्यमा अतिथी देवो भवः नामक पर्यटन प्रवद्र्धनको अभियान संचालन गरिरहेको छ । यही अभियानलाई थप प्रभावकारी बनाउन संघले आफ्नो सक्रियाता बढाउन चाहेको बताएको छ ।

अभियानका प्रमुख लिडर डा. पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । उनका अनुसार विश्वर पर्यटनमा अगुवाई गरेको देशको बीचमा रहेको नेपालको उपस्थिति बलियो बनाउनुपर्ने तर्क पेश गरे ।

डेमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपिला राजभण्डारीले आफ्नाफ्नो प्रस्तुतीकरण समेत दिएका छन् । उनीहरुले बोर्डले गाइडलाइन दिनुपर्ने, अन्तर्राष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनुपर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलव्ध हुनुपर्ने सहितको माग पनि पर्यटन प्रवद्र्धन दूतको छ ।

बोर्डले सन् २०१८ सम्मका लागि २८ जना यस्ता दूतको नवीकरण गरेको छ । कम्तिमा दुई वर्षका लागि दिने यस्तो दूत नवीकरण नभएका र प्रक्रियामा रहेको संख्या तथा बोर्डले दूत नियुक्त गरेका गरी करीब चार दर्जन रहेका छन ।

पर्यटन बोर्डले एउटै देशमा पाँच जनासम्म यस्तो पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले विभिन्न देशमा गरी सन् २०१८ सम्मका लागि नवीकरण भएका यस्ता पर्यटन दूतको संख्या हाल २८ जना रहेको तथ्यांक उपलव्ध गराएको छ । बोर्डले धेरैवटा देशमा एक जना मात्रै नियुक्त गरेको भएपनि संयुक्त राज्य अमेरिकामा भने पाँच जना पर्यटन सद्भाव दूत नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.