दसैँमा घर हिँडेका यात्रु जाममा, समस्या हुनसक्ने १६४ स्थान पहिचान, समयमै गन्तव्यमा पुग्नै सास्ती

  २०७३ असोज २१ गते ७:१५     विकासन्युज

काठमाडौं २१, असोज । सडक विभागले बाढी–पहिरोको समस्या हुनसक्ने एक सय ६४ स्थान पहिचान गरेको छ । ती ठाउँहरूमा बाटो खुलाउन नयाँ–पुराना गरी तीन सय ५० हेभी इक्विपमेन्ट, एक हजार आठ सय सडक कामदार र चार सय निरीक्षकलाई तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।
Araniko_bus
वर्षा लागेसँगै यो तयारी थालिएको र यथावत् राखिएको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए । अवश्यक परेमा सुरक्षाकर्मीको पनि सहयोग लिइने उनले बताए ।

उपत्यकाबाट दसैँ मनाउन घर हिँडेका यात्रुलाई बाटोमा घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ ।
राजमार्गका केही खण्डमा पहिरो र सवारीको अत्यधिक चापले पनि समस्या छ ।

पृथ्वी राजमार्गको आँबुखैरेनीमा बुधबार झरेको सुक्खा पहिरोले लामो दूरीका बस समयमै गन्तव्यमा पुग्न नसकेको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए ।

उपत्यकाबाट बाहिरिने अरनिको र बिपी राजमार्गमा भने कुनै समस्या नरहेको भट्टले बताए । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.