यात्रुलाई सधैं गुणस्तरहीन खाना, राजमार्गको होटलको गुणस्तर नै कमजोर

  २०७३ असोज २१ गते ७:०९     विकासन्युज

काठमाडौं २१, असोज । राजमार्गका होटल तथा रेस्टुराँ व्यवसायीले यात्रुलार्इ महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निः शुल्क स्वादिष्ट भोजन ।

खानाको फाइल तस्बिर

खानाको फाइल तस्बिर

दशैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटलमा सधैजसो यही क्रम चल्दै आएको छ । राजमार्गका होटल तथा रेस्टुरा व्यवसायीले बढी मूल्य असुल गरेर पनि यात्रुलाई गुणस्तरयुक्त खाना दिँदैनन् ।

तिनै होटल तथा रेस्टुराले चालकका लागि भने अलग्गै कोठमामा विशेष भान्साको व्यवस्था गर्छन् । यात्रुबहाक बसका चालकसहित स्टाफका लागि खसी र कुखुराको सुपसहित फ्राइड मासु वा सेकुवा , पापड, सलाद कम्तीमा दुई थरी हरियो तरकारी,बासना आउने चामलका खानासहित कोल्ड ड्रिंक्स पनि व्यवस्था हुन्छ ।

चालकसहित तीनचारजनालाई यस्तो विशेष भान्सबाहेक यात्रु ल्याइदिएबापत दैनिक हजार रुपैयाँको आकर्षक भत्ता पनि होटल व्यवसायीले दिने चालकहरु बताउँछन् । अन्नपूर्ण पोष्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.