सातवटा परियोजना सञ्चालनका लागि जापानको ६१ करोड रुपैयाँ सहयोग

  २०७३ असोज २० गते १५:००     विकासन्युज

japan_flagकाठमाडौं, १९ असोज । जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई ६१ करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न ३३ करोड रुपैयाँ र सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड रुपैयाँ नगद सहयोग गर्नेछ । त्यस्तै, जापानले गोदामघर निर्माण गर्न तीन करोड रुपैयाँ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न पाँच करोड रुपैयाँ, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड रुपैयाँ तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा तीन करोड रुपैयाँ प्रदान गर्नेछ ।

उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.